काम गरेर देखाउने लागि राजनीतिमा प्रवेश गरेको हुँ ; सभापति डा. श्रेष्ठ

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले आफूहरुले काम गरेर देखाउने लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका  हुन् ।

देशको वर्तमान स्थितिका कारण चिकित्सक भएर राजनीतिमा आउन बाध्य भएको उनले उल्लेख गरेका छन् ।

श्रेष्ठले गण्डकी प्रदेशमा आफूहरुको पार्टीको सरकार बने स्वास्थ्य निशुल्क गर्ने घोषणा गरेका छन्  । राजनीतिलाई पेशा बनाउन नहुने भन्दै उनले राजनीतिलाई पेशा बनाउने भ्रष्ट हुने आरोप लगाए । श्रेष्ठले पार्टीमा टिके प्रथाको अन्त्य गर्ने दावी समेत गरे ।

श्रेष्ठले गण्डकी प्रदेशमा आफूहरुको पार्टीको सरकार बने स्वास्थ्य निशुल्क गर्ने घोषणा गर्दै प्रदेशमा स्वास्थ्यको जिम्मा हामी लिन्छौ, कसैले पनि पैसा नभएर उपचारबाट वन्चित हुनु नपर्ने जोड दिएका छन्  ।

उक्त कार्यक्रममा सूर्यमणि पौडेलले रवि लामिछानेको पार्टीले केही गर्छ भन्ने विश्वास भएर यहाँ आएको बताए । साथै जेष्ठ नागरिक बेदनिधि पन्थले अहिलेको परिवेश हेर्दा देशमा संघियता आबश्यक नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?