दमौली : तनहुँमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै तीन करोड भन्दा बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै तीन करोड ८२ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
कार्यालयले एक आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ राजस्व संकलन गरेको समेत निमित्त प्रमुख जिल्ला अधिकारीगैरेले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा चार करोड ९९ लाख ३२ हजार २० रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार ६ सय १९ जनाले राहदानी वितरण भएको छ । सो अवधिमा राहदानीका लागि ८ हजार ८ सय ५४ साधारण सिफारिस भएको छ भने ८ सय ७२ द्रुत सिफारिस भएको गैरेले बताए ।
राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक १२ हजार ६ सय र कम्पनी दर्ता/ नविकरण शुल्क बाट ११ लाख, ६५ हजार पाँच सय ९५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रशासनिक दण्ड जरिवाना जफतबाट ५० हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट चार लाख आठ हजार तीन सय २५ रुपैयाँ राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?