अवसरवादीहरुलाई परास्त गर्न आगामी निर्वाचनमा उम्मेदवारी रहनेछ ; जोशी

दमौली : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले वसरवादीहरुलाई परास्त गर्नका लागि आफुले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा उम्मेवारी दिने बताएका छन् । शनिबार दमाैलीमा जोशी समूहले आयोजना गरेको वृहत भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

पूर्वमन्त्री गोविन्दराज जोशीले प्रधानमन्त्री पद जोगाउन शेरबहादुर देउवाले प्रचण्डलाई कांग्रेसको सभापति पनि बनाउँन तयार रहेको दाबी गरेका छन् ।

उनले भने– ‘यदि ‘प्रचण्ड’लाई कांग्रेसको सभापति नबनाउँदा खेरि उहाँ शेरबहादुर देउवाको प्रधानमन्त्री पद जान्छ भन्ने लाग्यो भने, त्यति बेला प्रचण्ड कांग्रेसको सभापति हुन्छन् ।

कांग्रेस सिद्धान्त छाडेर सत्ताको पछि लागेको आरोप लगाउँदै जोशीले भने, ‘आगामी निर्वाचनमा पॉच दलीय गठबन्धन गर्ने भएका छन् , कांग्रेसको सिद्धान्त त्यहॉ अब हुदैन ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रति आक्रमक रुपमा प्रस्तुत भएका जोशीले पौडेललाई परास्त गर्न सक्ने उम्मेदवार आफू मात्रै भएको जिकिर गरेका थिए ।

अहिले कसैसँग तालमेल नभएको र नहुन पनि सक्ने भएकोले एक्लै लड्ने तयारी गर्न पनि जोशीले कार्यकर्तालाई आग्रह गरे । आर्दश, निष्ठा, सिद्धान्तलाई पु¥याउन सके कार्यकर्तामा परिवर्तन गर्न पनि उनले आग्रह गरे ।

उक्त कार्यक्रममा परशुराम गिरी ,सुकुमलाल गुरुङ, ऋषिराम पोखरेल र हरिशरण पण्डित लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?