तनहुँमा वरिष्ट नेता पौडेल देखि डा.शेषरमण न्यौपाने सम्मको चर्चा

दमौली : तनहुँमा नेपाली कांग्रेसबाट संसदीय निर्वाचनको उमेद्वारीका लागि बरिष्ट नेता रामचन्द्र पौडेल देखि डा.शेषरमण न्यौपाने सम्म चर्चामा छन् । देश भरिनै नयाँ अनुहार तथा दोश्रो पुस्ता प्रति आम नागरिकको रोजाई बढिरहेको प्रभाव तनहुँमा पनि परेको देखिन्छ ।

नेपाली कांग्रेसका धेरै नेता भएको भनेर चिनिएको तनहुँ जिल्ला यतिखेर अलमलमा देखिएको छ । २०४८ साल देखि राज गर्दै आएका दुई नेताहरु पौडेल र गोविन्दराज जोशी आफै वा उनको प्रतिनिधीको आमने सामने प्रतिष्पर्धा हुन नदिन प्रयास भएको देखिदैन । प्रत्यक्ष निर्वाचनमा जाने कि नजाने अलमलमा परेका पौडेललाई समानुपातिकमा जान दवाव पर्ने देखिदैछ ।

अर्का नेता शंकर भण्डारी प्रदेश सभा हुदै मूख्य मन्त्रीको लाइनमा जाने चर्चा झट्ट  हेर्दा राम्रो सुनिए पनि प्रिय होइन भन्ने धेरैलाई लागेको छ । तनहुँ क्षेत्र नम्वर १ मा पौडेल प्रत्यक्ष निर्वाचनमा नजादा गठबन्धनका कारण समाजवादीलाई गयो भने नेपाली काँग्रेसको संगठनमा ठूलो धक्का पुग्नेछ । केन्द्रीय सदस्य प्रदिप पौडेलको काठमाडौंको ५ वा ६ नम्वरमा उठ्न सक्ने चर्चा पनि पछिल्लो समय हराउदै गएकाले उनको रोजाई अब तनहुँ २ नै हो भन्ने अनुमान गर्न गाह्रो छैन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, ध्रुव वाग्ले र जिल्ला सभापति जीत प्रकाश आलेको व्यवस्थापनमा खासै कसरत हुन सकेको छैन । तनहुँमा २ संघीय र ४ प्रदेश क्षेत्र रहेकोमा गठवन्धनका कारण कम्तिमा २ सिट अरु पार्टीलाई दिनुपर्दा पनि अझ कठिन हुने निश्चित छ । पार्टी संगठनमा राम्रो गर्नेलाई पार्टीकै जिम्मा, नीति तथा कानुन निर्माण राम्रो गर्न सक्नेलाई संसदमा र शासन व्यवस्था संचालनको लागि राम्रो गर्न सक्नेलाई सरकारमा पठाउने संयन्त्र र मापदण्ड नभए सम्म ठूला पार्टीका कार्यकर्ता र नेताहरुको व्यवस्थापन थप चुनौतिपूर्ण हुदै जाने निश्चित छ ।

नयाँ अनुहार वा विशेष सन्देशका साथ मैदानमा नजाने हो भने जो कोहिलाई पनि यसपालिको निर्वाचन कठिन यात्रा हुनेछ । त्यसैले पनि होला नयाँ अनुहार र नीति निर्माण र विकासको क्षेत्रमा लामो अनुभव प्राप्त गरेका, समाजशास्त्रका पिएचडि, जिल्ला विकास समिति महासंघका पूर्व महासचिव, युवानेता डा. शेषरमण न्यौपाने सम्भावना भित्र देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?