एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ

पोखरा : पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने वर्ष २३ को कृष्णबहादुर बिक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ गरी उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको छ ।

उनी यसअघि माछापूच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीको भनाइ छ ।

अनलाइन खबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?