दमौली : तीजको पूर्व सन्ध्या पारेर बहुप्रतिभाको धनी लोक दोहोरी गायक एवं निर्देशक पदम नेपालीको निर्देशनमा तीजको कोशेली ”चरी भुरुरु” सार्वजानिक भएको छ ।
गायिक करिश्मा बि.सि. र संगीता सुनारको स्वरमा सजीएको उक्त गीतमा लय दिप्लाभ खाती(दलब) र शब्द पुनिकला खाती(आमा) रहेको छ । पुरानै शैलीको उक्त गीतले गाउँघरमा छोरीचेलीले भोग्नुपरेको पीडालाई दर्शाएको छ ।
डोलराज बह्र्घारे द्वारा संगीत संयोजन गरिएको यो गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।
नेपालीले निर्देशन गरिएको भिडियोमा सृजना आले सृजना थापा सबिता गर्जा मगर र शोभा थापाले अभिनय गरेका छन् । समिर रामदामको छायांकन तथा सम्पादनमा यो भिडियो तयार भएको हो ।
गीतलाई मित्र बन्धु यूटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?