नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अविरल बर्षाका कारण आफ्नो गृहजिल्लामा भएको क्षती प्रति दुख व्यक्त गरेका छन ।
विपद व्यवस्थापनमा सरकारले उचित ध्यान पुर्याउन नसक्दा देशभर ठूलो मात्रामा क्षति भएको सामाजिक संजाल मार्फत बताएका छन् ।
उनले लगातार वर्षाका कारण ठुलो जनसंख्यामा क्षति पुर्याएकोमा दिवङगतको चीर शान्तिको कामना गरेका छन । सरकारलाई आफ्ना संयन्त्रको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दै आफ्ना नेता कार्यकर्तारूलाई सतर्क रहन अनुरोध गरेका छन साथै आफू सुरक्षित रहि आफ्नो स्थानबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?