
दमौली : तनहुँको म्याग्दे गाउँपालिका-२ बडहरेबाट प्रहरीले शनिबार दिउसो जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले सोमप्रसाद श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा शनिबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक युवराज खड्काका अनुसार पक्राउ परेकाको साथबाट ५८ हजार २ सय २३ रुपैयाँ बरामद भएको जानकारी दिए।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?