महंगी र भ्रष्टाचारविरुद्ध एमालेले दमौलीमा विरोध प्रदर्शन

दमौली  :  प्रमुख प्रतिपक्षी नेकपा एमालेमा आबद्ध मोर्चा संगठनले  चर्को महंगी र भ्रष्टाचारको विरोधमा आइतबार दमौलीमा प्रदर्शन गरेको छ। सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै मोर्चाले बिरोध प्रदर्शन गरेको हो ।

सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्नु पर्ने प्रदर्शनकारीको माग छ ।

प्रदर्शनकारीले विभिन्न ब्यानर, पोष्टर  र झण्डा बोकेर विरोध जनाएका छन् । उनीहरूले परमादेशी सरकार मुर्दाबाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।

नेकपा एमालेले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नारा र जुलुससहित दमौली बजार परिक्रमा गरी अनसन चौतारीमा आएर कोण सभामा परिणत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?