अविरल वर्षसंगै आएको पहिरोले ऋषिङ्ग गाउँपालिकका वडा न. १ का विभिन्न स्थानमा क्षेति पुर्याएको छ l
बाढी पहिरोको कारणले गर्दा झापुटर र चालिसे मोटर मार्ग भत्कियर क्षति भएको र यातायात आउन जान्न पूर्ण रुपमा अवरुद्ध भएको र अति जोखिम क्षेत्रका घरका परिवारहरुलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको ऋषिङ्ग गाउँपालिकका वडा न. १ वडा सदस्य खिम बहादुर थापाले दमौली अनलाइनलाई जानकारी दिए l
थापाले दमौली अनलाइनसंग कुरा गर्दै वडा १ गैरखुदिं ,साँपस्वारामा पहिरो खस्दा २ घरमा क्षेति पुर्याएको छ भने सोहि वडाकै सेटङ भलकुनमा पनि १ घर पहिरोको उच्च जोखिममा परेको छ , पहिरोको कारण भौतिक संरचनाको क्षेति भएतापनि मानवीय क्षेति भने नभएको बताए l
पहिरोकै कारणले वडामा बिधुत समेत अवरुद्ध भई १७ घरमा बिधुत पूर्ण रुपमा बन्दा भएका छन् l बिधुत आपूर्तिको लागि स्थानीय सरकार लागिरहेको समेत थापाले बताए l
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?