दमौली : तनहुँको व्यास नगरपालिकाले भोलि देखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले नि:शुल्क कल सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
२२ गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरवासीको गुनासो सुनुवाईका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?