पहिरोका कारण तनहुँ जिल्लाको भानु नगरपालिका -५ मा ६ घर विस्थापित भएका छन् ।
लगातार परेको अबिरल वर्षाका कारण बारिफाट,सेपाबगैचा ,रानीपानी एव गरमभन्ज्याङ्गमा ६ घर विस्थापित भएको वडासदस्य दिपक थापाले जानकारी दिए ।
बाढीपहिरोले वडाको मुख्य मार्ग भगवती रङ्गपथ,भानु मार्गको बाङेरवा ,बारहि मार्गका ठाउँठाउँमा पहिरो गएको उनले बताए।
साथै पुरान्डिहि नगर अस्पतालको पर्खाल भत्किनुका साथै चुदि खोलाले सेपाबगैचा बजार क्षेत्र र देउराली खोलाले पन्चनगर क्षेत्र समेत प्रभावित पारेको छ ।
यस्तै वडाको विभिन्न ठाउँका धानबाली र खेतियोग्य जमिनहरुमा समेत क्षति पुराएको छ । निरन्तर वर्षा भइरहेको हुँदा सम्पूर्ण वडावासीलाई सतर्कता अपनाउनुको साथै सुरक्षित रहन थापाले आग्रह गरेका छन् ।
उक्त ठाउमा वडा कार्यलयबाट अनुगमन भइरहेको र वडाको तर्फबाट राहत तथा उद्धारमा लागी परेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?