अबैध लागू औषध सहित एक जना पक्राउ

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटरबाट अबैध लागू औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ |  पक्राउ हुनेमा चितवन जिल्ला कालिका चितवन कालीका नगरपालिका वडा नं. ४ पदमपुर बस्ने बर्ष २० को राजेश गुरुङ रहेका प्रहरीले जनाएको छ |

चितवनबाट पोखरा तर्फ आउदै गरेको ग १ ख २९५५ नं.को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा माईक्रोबसमा सवार  निजको साथमा रहेको झोला भित्र लुकाई राखेको अवस्थामा लागु औषध डाईजोपाम १५ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ७ एम्पुलगरी जम्मा २८ एम्पुल र,नाईट्रोभेटको चक्की ९० ट्याप्लेट फेला पारी उक्त लागु औषध  फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए  |

प्रहरीले लागू औषध सहित दुवै जनालाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ४ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ |

यस थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?