७५ हजार घुस सहित एक इन्जीनियर दमौलीबाट नियन्त्रणमा

दमौली :  तनहुँको दमौली बजारबाट आज एक जना इन्जिनियरलाई  ७५ हजार घुस सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा हुनेमा सप्तरी घर भई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका इन्जिनियर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्याङ्जास्थित एक विद्यालय पुनर्निर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तस्बिर अपिल त्रिपाठी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?