![](https://www.damaulionline.com/wp-content/uploads/2022/08/typhoid_vaccine_y3uOObQ9pl.jpg)
काठमाडौं : विभिन्न ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको पहिलो डोज खोप दिइँदै छ । यो उमेर समूहका बालबालिकालाई विद्यालयबाटै फाइजर खोप दिन लागिएको हो ।
पहिलो डोज आजदेखि भदौ ११ गतेसम्म र दोस्रो डोज भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । यसअघि, वाग्मती प्रदेशसहित २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिइएको थियो ।
कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा दिने भएकाले खोप केन्द्र र दिइने मितिबारे नजिकैको विद्यालय वा वडा कार्यालयमा सम्पर्क राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
यी हुन् आजदेखि फाइजर खोप दिइने जिल्लाहरू
प्रदेश नम्बर–१
भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर ।
मधेस प्रदेश
बारा, रौतहट र सर्लाही ।
वाग्मती प्रदेश
रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक ।
गण्डकी प्रदेश
बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ ।
लुम्बनी प्रदेश
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व ।
कर्णाली प्रदेश
पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट ।
सुदूरपश्चिम प्रदेश
अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?