अबैध लागू औषध सहित दुई जना पक्राउ

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटरबाट अबैध लागू औषध सहित प्रहरीले दुई  जनालाई पक्राउ गरेको छ |  पक्राउ हुनेमा आँबुखैरेनी गाउँपालिका–१ सत्रसय बस्ने २६ वर्षीय दिपेश श्रेष्ठ र ३० वर्षका अजय गुरुङ रहेका प्रहरीले जनाएको छ |

सुनौलीबाट पोखरा तर्फ जान आउदै गरेको लु १ ख ८५७१ न. को  बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार  निजको साथमा रहेको झोला भित्र लुकाई राखेको अवस्थामा लागु औषध डाइजोपाम ६९ एम्पुल, फेनारागन ७० एम्पुल र नुर्फिन ६९ एम्पुल गरी जम्मा २०८ एम्पुल सहित लागु औषध  फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए  |

उनीहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा आबुँखरैनीं.–२ बस्ने २७ वर्षका प्रितम थापाको समेत संलग्नता रहेकाले उनलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका गरेका तीनै जनालाई आज जिल्ला अदालतबाट दिन १२को म्याद थप लिई ईलका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?