दमौली : पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले मंसिर ४ गतेको निर्वाचनमा आफू उम्मेदवार भएको दाबी गरेका छन् ।
मंगलबार संचारकर्मीहरुसँग कुराकानी गर्दै श्रेष्ठले गठबन्धनमा भएको सहमति अनुसार तनहुँ-१ मा आफूले टिकट पाउनुपर्ने दाबी गरेका हुन् ।
पुर्वमन्त्री श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्लाको मात्र नेता नभएर देशकै नेता भएको कारण आफ्नो सिट नखोसिकन देशका अन्य स्थानबाट चुनाव लड्न जान पनि आग्रह गरेको थियो ।
श्रेष्ठले यो पटक बाहेक अर्को पटक आफ्नो दावी नरहने बताउदै आफु आजीवन सांसद नभन्ने समेत बताएका छन् । श्रेष्ठले भने “आफु पार्टीको सच्चा सिपाही भएको कारण पार्टीले खटाएरु देशका जुनसुकै क्षेत्रमा पनि जान सक्ने, निर्वाचननै नलडिकन पनि बस्न सक्नेछु ” ।
गठबन्धनले टिकट दिएन भनेर म रुनेवाला पनि छैन, उता एमालेमा पनि जाने छैन उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?