दमौली : तनहुँको व्यास नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने लागि वडा नम्बर १० स्थित मंगलीगैह्रामा सरसफाई केन्द्र स्थापना गर्ने निर्णय प्रति व्यास १० का बासिन्दाले आपत्ति जनाएका छन् ।
व्यास १० स्थानीय बासिन्दाले सामाजिक संजालमा लेख्दै मंगली गैरा फोहर ब्यवस्थापनको लागि उपयुक्त ठाउं नभएको उनीहरुले बताएका छन् ।
वस्तिको विकास हुदै गएको, फोहर लैजाने सडक आसपास घना वस्ती र शहरीकरण रहेको साथै वस्तिको विकास हुदै गएको, फोहर लाने सडक आसपास घना वस्ती र शहरीकरण रहेको वडाको मध्यभागमा फोहर लान खोज्नु अदुरदर्शी निर्णय बताएका छन् ।
व्यास-३ स्थित भतेरीमा फोहर फाल्दै आइएकामा मादी नदीले त्यस ठाउँ कटान गरिदिएपछि त्यहॉ फोहर फाल्न छाडिएको थियो । व्यासले अहिले व्यास-१३ स्थित बुद्धसिं मार्गको बाटो छेउमै फोहर फाल्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?