
दमौली : तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कलको आयोजनामा क्याम्पसमा रक्तदान हुने भएको छ ।
रक्त संचार केन्द्र,पोखरा प्रविधिक सहयोगमा आउँदो भदौ १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको व्यवस्थापन विद्यार्थी सर्कलका सचिवसुमन खड्काले जानकारी दिए । रक्तदान सोही क्याम्पस परिसरमा हुनेछ ।
बिहान ७ बजेदेखि ९ :४५ हुने रक्तदान कार्यक्रममा सहभागी हुन व्यवस्थापन विद्यार्थी सर्कलकाअध्यक्ष दिनेश बिश्वकर्माले सम्पूर्ण व्यास नगरबासीलाई आग्रह गरेका छन् ।
सर्कलले यसअघि पनि क्याम्पसमा रक्तदान कार्यक्रमका साथसाथै विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?