
बन्दीपुर गाउँपालिका वडा नं ३ स्थित तामुङ र व्यास नगर पालिका वडा न. १२ छिर्कनका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । गत असार १७ गते गएको पहिरोमा परि मृत्यु तथा विस्तापित भएका पीडित परिवारहरुलाई हाम्रो नेपाल हामी नेपाली तनहुँको टिमले आइतबार राहत वितरण गरेको हो |
पहिरोबाट ६ घर विस्थापित तथा पीडितहरुलाई चामल,दाल,तेल,नुन,आलु,सोयाबिन जस्ता खाद्यान्न सामाग्री वितरण गरेको सस्थाका संयोजक सुजन पन्थले ले जानकारी दिए । उनका अनुसार यो राहतले परिवारमा मलमपट्टी लगाउने काम भएको र अन्य राहातको लागि स्थानीय निकायसँग समन्वय गर्ने बताए ।
भानु नगरपालिका तनहुँका संयोजक मन्द जरस तामाङ तथा सह-संयोजक रुपा पन्थले राहत कार्यक्रममा सघाउने देश तथा बिदेशमा रहेका अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गरे । साथै व्यास नगरपालिका सहसंयोजक राजु गोतामेले हाम्रो टिमले पहिरो गएको स्थान र पीडित परिवारको स्थलगत निरीक्षण गरेसँगै आफूहरुले सकेको सहयोग गरेको र थप यस्तै विपतका परिस्थितिहरूमा पनि सहयोग गर्दै जाने र स्थानीय निकायहरूसँग समन्वय तथा जिम्मेवारी बोध गराउने बताए ।
पीडित बनेका हामी ओतसँगै खानाको चिन्ता छ । ‘घरमा बस्ने स्थिति छैन, स्थानीय सरकारलाई राहतको लागि सम्पर्क गर्दा समेत बेवास्था गरेको छ , एक पीडितले भने, ‘ अहिले हामी जसोतसो त्रिपालको छाप्रो बनाएर बसेका छौं, ठूलो पानी परे त्यहाँ पनि जोखिम छ । खानेकुराको पनि उस्तै समस्या छ ’ खाद्य खरिदका लागि केहि छैन दीर्घकालीनको लागि सरकारको तर्फबाट राहतको होस् उनले बताए ।
केहि दिनको बर्षका कारणले बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङका दुई घर पहिरोले पुरिएको थियो भने पाच घर उच्च जोखिम रहेको छ । पहिरोमा परि हरिमाया बसेल र सरस्वती थापाको मृत्यु भएको थियो जस्मा दिल बहादुर थापा,दाउरी माया थापा र शुभस थापा घाइते भएका थिए। पहिरो कारणले व्यास नगर पालिका वडा न. १२ छिर्कनमा पनि तिन घर पहिरोले पुरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?