
दमौली : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाई समितिको आयोजनामा दमौलीको पराशर आश्रम र निर्मला मावि गरी दुई स्थानमा त्रिदिवसीय बाल संस्कार कार्यक्रम शनिबारबाट सुरु गरेको छ।
पराशर आश्रमको बाल संस्कार कार्यक्रम
व्यास नगरका नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रम उद्घटन गर्दै बालबालिकालाई पढेर मात्र नपुग्ने उनीहरुको आचरण पनि रामो हुने पर्ने जोड दिए । परिषद्संग बिगत केहि समय देखि परिचित रहेको बताउदै नगरप्रमुख न्यौपानेले नगरपालिकाबाट परिषद्को सदैब सहयोग रहने जनाएको छ ।
उक्त कार्यक्रममा व्यास नगर पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ ,परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, व्यासका अध्येता काशिनाथ न्यौपाने, प्रशिक्षक एवं वरिष्ठ राष्ट्रिय कलाकार हिरालाल कँडेल, व्यास ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ र पद्मानन्द गिरि लगायतको उपस्थिति रहेको थिए ।
उक्त प्रशिक्षणमा व्यास क्षेत्रका विभिन्न विद्यालयका १२० भन्दा धेरै विद्यार्थीको सहभागिता रहेको छ ।
निर्मला मावि को बाल संस्कार कार्यक्रम
दोस्रो समूहको प्रशिक्षण कार्यक्रम व्यास नगर उपप्रमुख इन्दिरा दरैले अहिलेको बालबालिकाको लागि संस्कार सम्बन्धितको शिक्षा आवश्यक रहेको बताए।
व्यास १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले,परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, प्रदेश उपाध्यक्ष प्रकाश खड्का, प्रशिक्षक एवं वरिष्ठ राष्ट्रिय कलाकार हिरालाल कँडेल, निर्मला माविका प्राचार्य गणेशचन्द्र बस्नेत ,कार्यक्रम संयोजक एवं बालमन्दिर माविका प्राचार्य राजेन्द्र खनाल लगायतको उपस्थिति रहेको थिए ।
उक्त प्रशिक्षणमा व्यास क्षेत्रका विभिन्न विद्यालयका ७० भन्दा धेरै विद्यार्थीको सहभागिता रहेको छ ।
पराशर आश्रम बिहानको समय र निर्मला माविमा साँझको समय गरि प्रशिक्षक एवं वरिष्ठ राष्ट्रिय कलाकार हिरालाल कँडेलले तीन दिन सम्म प्रशिक्षण दिने व्यासनगर एकाई समितिका अध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?