दमौली : नेपाली कांग्रेस तनहुँले स्थानीय तहको निर्वाचनपछि पार्टीबाट अलग्गिएका र स्वतन्त्र भूमिकामा रहेका कार्यकर्तालाई स्वतन्त्र मूलघरमा फर्किन आग्रह गरेको छ ।
नेपाली कांग्रेस तनहुँको सभापति जितप्रकाश आलेले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न कारणले पार्टीबाट अलग भएका स्वतन्त्र भूमिकामा रहनुभएका कार्यकर्तालाई बिना शर्त नेपाली कांग्रेसकै मूलधारमा फर्किन आह्वान गरेको छ ।
सभापति आलेले ले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई कांग्रेसमा फर्किन आग्रह गर्दै कार्यकर्ताको सम्मान र मूल्याङ्कनमा आगामी दिनमा कुनै विभेद नहुने बताएका छन् ।
प्रेस विज्ञप्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?