ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।

खेलमा ब्राजिलका लुकास पाक्वेलाले हिलो हाफमा गोल गरे । उनले ३४औं मिनेटमा नेमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै ब्राजिललाई फाइनल पुर्‍याउन निर्णायक बन्यो ।

कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थियो । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् ।

अब ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?