
निरन्तरको अविरल वर्षाका कारण केही दिन अगाडी व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुराएको छ ।
निरन्तरको वर्षातका कारण नगरपालिकाभित्र बाढीपहिरोले ५५ घरमा क्षति पुराएको तथ्याङ्क सङ्कलन गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै बाढी पहिरोका कारण कैंयौ वस्तुभाउ, कुला बाटाहरु क्षतिग्रस्त भएका छन् भने व्यास १ र १३ जोड्ने बुद्दसिंह मार्गमा पर्ने छाब्दी खोलाको मोटर पुल बगाएको थियो ।पुल बगाएसँगै सवारी र स्थानीयवासीलाई ओहोरदोहोर गर्न समस्या भएकाले उक्त पुलको लागि वैकल्पिक व्यवस्था मिलाउने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
साथै बाढी पहिरोबाट पीडित भएका परिवारलाई तत्काल राहत दिने दिने निर्णय गरेको छ । अवरुद्ध बाटाहरु खुलाउने र अन्य तत्काल मर्मत सम्भार गर्न सकिने कुलाहरु मर्मत गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?