
दमौली : नेपाली कांग्रेसका युवा नेता डा. शेष रमण न्याैपानेले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आइतबार देखि नाम दर्ता खुल्ला गरेको थियो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलको क्षेत्रमा तनहुँ १ मा आधा दर्जन आकांक्षी छन्। आफ्नो भित्री चाहना भएर पनि अग्रजलाई सम्मान गर्ने बताइरहेका डा. न्याैपाने अन्त्यमा अगाडि सरेका हुन । क्षेत्र २(१) मा आफ्नो दावा यथावत राख्दै क्षेत्र १ मा पनि प्रस्तुत हुनुलाई रणनितीक कदम हुन सक्ने चर्चा पनि छ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली केन्द्रीय सदस्यहरू शंकर भण्डारी तथा गोविन्द भट्टराई र संविधान सभा सदस्य रामचन्द्र पोख्रेलका बीच सहमति हुन नसके उत्तम विकल्पको रुपमा डा. न्यौपानेले आफूलाई अगाडि ल्याउन गरेको प्रयासलाई धेरैले स्वागत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?