फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि,खाना पकाउने ग्यास पनि महंगियो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ ।

खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?