
दमौली : निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाए पनि गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा चुनाव लक्षित कार्यक्रममा सहभागी भएका छन् । बुधवार नेपाली कांग्रेस व्यास नगर समितिले आयोजना गरेको जनताको साथ कांग्रेस अभियान कार्यक्रम सहभागी भएका हुन् ।
राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख गरेपनि तनहुँका जनप्रतिनिधिले खासै पालना गरेको देखिएन।
उक्त कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य सारिता गुरुङ ,जिल्ला समन्वय तनहुँका प्रमुख शान्तिरमण वाग्ले ,व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायत नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुको उपस्थित रहेको थियो ।
साथै कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पाउने छैनन् भने त्यसका लागि अनुदान दिन पनि पाउने छैनन् । त्यस्तै केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि पाउने छैनन् ।
यो पनि हेर्नुहोस : निर्वाचन आयोगले ल्याएको आचारसंहितामा के छ ? (पूर्णपाठसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?