दमौली : तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनमा बिविध बिषयका पन्ध्र वटा कार्य प्रगति सार्वजनिक गरेको छ । व्यासका जनप्रतिनिधीहरुको वक सय दिन पुगेको अवसरमा बिहीबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।
व्यास नगरपालिकाको ३७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम र वजेट पारित गरि प्रकाशन गरेको छ । मिति ०७९/०२/११ देखि विगत १०० दिन भित्र कार्यपालिकाको ७ वटा बैठकहरु सम्पन्न गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको स्थापित सहायता कक्षबाट सेवाग्राहीलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध कार्य शुरुवात गरिसकेको छ ।
नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल फ्रि नं १६६०६५५२००६ सञ्चालनमा ल्याइएको छ ।
हरेक महिनाको २ गते ठीक ११ बजे नगरपालिका कार्यालयमा नगरपालिका पदाधिकारी संग नगरवासीको सम्वाद कार्यक्रम २०७९ भदौ महिना देखि शुरुवात गरेको छ ।
लोड वियरिङ घर निर्माणका लागि नगरपालिकाले नि:शुल्क नक्सा बनाई सम्बन्धित घर निर्माणकर्तालाई सहयोग गर्ने कार्य सुरुवात गरेको छ । पुराना पारित घरनक्सा फाइललाई डिजिटलाइजेशन गरिएको छ ।
आ.ब २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको लागि वडा तह बाटै योजना सम्झौता गर्ने कार्य अघि बढाइएको छ ।
नगरपालिकाका योजनाहरु भुक्तानीलाई सरलीकृत गरी इफटी मार्फत भुक्तानी भुक्तानि दिने प्रणालीको सुरुवात गरेको छ ।
अन्तराष्ट्रिय संघसंस्थाहरुसंगको सदस्यतालाई निरन्तरता दिदै व्यास नगरपालिकालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने अभियानलाई निरन्तरता दिएको छ ।
नवप्रवर्तनिय कार्यक्रम एकिकृत डिजिटल व्यास नगरपालिका योजना अन्र्तगतको प्रत्येक वडामा डिजिटल नागरीक वडा पत्र, सि.सि क्यामेरा र बायोमेट्रिक हाजिरीको ठेक्का प्रकृया सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको संकलित लगतलाई डिजिटलाइजेसन गरि वडा नं १,२,३ मा निस्सा वितरण गरेको छ ।
बाँकी फाईल डिजिटाइजेन गर्नका लागि आदिकवि भानुभक्त क्याम्पससंग ३० दिनको सम्झौता गरि द्रुत रुपमा सम्पन्न गर्न कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, व्यास–७ शेषमटार नरङगामा व्यास नगर समता विद्यालयको भदौ ५ देखि सञ्चालनमा ल्याएको छ ।
अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४३ जना बालबालिकाहरुलाई निशुल्क खाना, आवास समेतको विद्यालयमा व्यवस्था गरेको छ ।
व्यास नगरपालिकाको फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरि सरसफाई केन्द्र स्थापना गर्ने प्रकृया अघि बढाएको छ ।
व्यास नगरपालिका वडा नं १० बैरेनी जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोष संग श्रोत साझेदारीका लागि प्रकृया अघि बढाइएको छ ।
व्यास नगरपालिका अन्र्तगतका योजनाहरुलाई व्यवस्थित गर्न डिजिटलाइजेसन प्रकृया अघि बढाइएको नगरप्रमुख न्यौपानेले बताए । व्यास नगरपालिका भित्र नेपाल सरकार शिक्षा विभागबाट काटिएको प्रा.वि ५३ दरबन्दीलाई परिपुर्ति गर्न स्वंयमसेवक शिक्षक भर्ना प्रकृया अघि बढाएको नगरपालिका कार्यालयले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै , प्रवक्ता कुमार गुरुङ्ग ,प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, जनप्रतिनिधि लगायत संञ्चारकर्मीहरु को सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?