दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिव तथा बिपन्न जनताले सरकारबाट सहयता पाउनु पर्ने बताएका छन् ।दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै नेता पौडेलले सबिधानले सिंहदरबारमा केन्द्रित रहेको अधिकारलाई गाउँ–गाउँसम्म पुगेको बताउदै गरिव तथा बिपन्न जनताले सरकारबाट सहयता पाउनु पर्ने बताएका हुन् ।
‘संविधान राष्ट्रिय सहमतिको दस्तावेज हो , उनले भने ;-” सिंहदरबारमा केन्द्रित भएर बसेको अधिकारलाई गाउँ–गाउँसम्म पुगेको छ, कार्यान्वयन हाम्रो सबैभन्दा दायित्व हो । ”
देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दुरदृष्ट्री आफूसँग भएको पौडेलको भनाइ छ ।
विचलित नभई १४ वर्ष जेल बसेको हुँ बताउदै पौडेलले भने :” देश बनाउने आँट मसँग छ भन्दै नेता पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्छ ।”
नेता पौडेलले राष्ट्रलाई स्वतन्त्रता, सम्बद्र्धन र हितको लागि नैतिक, सूशासन दिने क्षमता चाहिन्छ र त्यो आफुँसँग भएको जिकिर गरे ।
कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ,नेकपा (एकीकृत समाजवादी)पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ , पूर्वराज्यमन्त्री अमरराज कैनी , माओवादी केन्द्रका नेता राजेन्द्रकेशरी न्यौपाने , नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?