व्यास १४ निवासी लक्ष्मण आलेद्वारा कांग्रेसको क्रियशील सदस्यता परित्याग

दमौली : तनहुँको व्यास नगरपालिका वडा नंः १४ रुम्सीटोल निवासी युवा व्यावसायी लक्ष्मण आलेले नेपाली कांग्रेसको क्रियशील सदस्यता परित्याग गरेको छ  ।

आलेले शनिवार कांग्रेसको व्यास-१४ को पार्टी कार्यलयमा सभापति नरीमाया रानालाई आफ्नो राजिनमा पत्र बुझाउदै क्रियशील सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्  :- “नेपालकै ठुलो पार्टी मध्ये नेपाली कांग्रेस पनि एक ठुलो पार्टी जस्तो गरिमामय संगठनको क्रियशिल सदस्यमा आबद्ध रहेर पनि यस संगठन र संगठनले गरिने र तोकिएको हरेक कार्यक्रम तथा तत्कालै सकिएको स्थानीय तहको निर्वाचन २०७८ तथा अन्य विविध कार्यक्रम लगायतमा म आफु यस संगठनको क्रियशिल सदस्य भईकन पनि क्रियशिल सदस्यको भुमिका समेत निर्वाह गर्न नसक्नु तथा प्रत्यक्ष सहयोग गर्न नसकेको सहर्ष स्वीकारर्दै त्यसप्रति हुन गएको असहयोग प्रति क्षमयाचना माग्दै हालैको मितिमा समेत यस संगठनमा क्रियसिल सदस्य भै रहि रहन नसकेकोमा क्षमप्राथि चाहन्छु । साथै हालै तत्कालै सकिएको स्थानीय तहको निर्वाचन २०७८ मा पारिवारिक सहयोगको योगदान मात्र रहेको ब्यहोरा समेतको जानकारी गर्न चाहन्छु ।”

साथै आलेले  निःतान्न ब्यक्तिगत बिचार हालैको मितिमा कुनैपनि दल,पार्टी वा अन्य कुनै संगठनप्रति आस्था,भुकाब तथा आर्कषण नभएकोले हालै रहेको क्रियशिल सदस्य समेतको बदर गर्न र स्वतन्त्र नागरिक भै बस्ने जनाएको छ ।

उनले पार्टीलाई धन्यबाद कांग्रेसको क्रियशिल सदस्यमा आवद्ध गराउन विसेष सहायोग गर्नुहुने क्षेत्रिय प्रतिनिधि आदरणिय श्री गोकुल थापा ज्यु लाई विशेष धन्यबाद दिदै त्यस संगठनमा रहदाको समयामा ब्यक्तिगत तथा संगठनिकरुपमा माया ममता तथा स्नेहा प्रदान गर्नुहुने सवै नेपाली कांग्रेसी मनहरु प्रति सवैमा धन्यबाद ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?