म्याग्दे गाउँपालिकाले सार्वजनिक गरे सय दिने कार्य प्रगति विवरण

दमौली : तनहुँको म्याग्दे गाउँपालिका कार्यालयले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। गाउँपालिकाले सोमवार पत्रकार समेलन गर्दै २६ बुँदामा आफूले सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका ३२ वटा लिफ्टीङ्ग खानेपानीको पुरै बिल भुक्तानी गरिदिने भएको छ ।

सामुदायिक विद्यालय बस खरिदमा ४० प्रतिशत,भेटनरी जेटिए  स्थानीयलाई ५० प्रतिशत छात्रबृत्ति अनुदान,बिपदमा परेकालाई रु.दश हजार देखि २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सुशासन,बिद्युतीय शासन,घरनक्सामा डिजिटलाइजेशन,घर नम्बर प्लेट सबै घरलाई निशुल्क दिने गरी पहिलो निर्णय संगै घरघरमा गई नम्बर कायम गर्ने कार्यको प्रारम्भ गरेको छ ।

त्यसैगरी सुत्केरी,गरीब तथा बिपन्न परिवारलाई पोखरा देखि चितवनसम्म एम्बुलेन्स निशुल्क प्रदान गर्ने निर्णय गरेको छ । दुग्ध उत्पादक किसानलाई दुधमा प्रतिलिटर रु.दश र हलगोरु पाल्ने किसानलाई रु.दश हजार अनुदान दिने निर्णय पारित गरेको छ ।

गाउँपालिका भित्र भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी कूल एक हजार तीन सय तीन निवेदन परेकोमा सबै प्रविष्ट गरी जग्गा दिलाउन कार्यमा पहलकदमी गरिरहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
त्यसैगरी म्याग्दे–२ स्थित बहपुरमा फोहोरमैला व्यवस्थापनको लागि आधुनिक मेशिन सहित जग्गा खरिद गरी निर्माण कार्य अघि बढाएको छ ।

कार्य जिम्मेवारी तथा अख्तियारी प्रदान कार्य सम्पादन सम्झौता गरी कर्मचारीलाई क्रियाशिल गरिएको  छ ।

कार्यालयले फोटोकपी सुविधा तथा निवेदन लेखन कार्यलाई निशुल्क सेवा दिन सहायता कक्ष स्थापना  गरिएको  छ ।
ठेक्का लगाएका घाटबाट बढी नदीजन्य बस्तु उत्खनन गरेका ठेकेदार कम्पनीलाई जरिवाना तोकी राजश्व असुली गरेको   जनाएको छ ।

गाउँपालिका कार्यालयले मजुवाटार घाट,झकास फुलवारी माथिल्लो घाट,घुमौनीघाट, कुडुलेघाट, झिरलौदीघाट र टुनिबोट घाट ठेक्कामा लगाएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?