गएरातिदेखि लगातार परिरेहको अविरल वर्षाले गर्दा आएको बाढीले खेतीयोग्य जमिन बगाएको छ ।
वर्षाले गर्दा गुणदि खोलामा आएको बाढीले धान रोपिसकेको खेत नै बगाएको हो ।
म्याग्दे गाउँपालिका वडा १ र २ मा गरि १५० भन्दा बढि रोपनी खेतिबालिमा बाढी पसेर ठुलो क्षेति पुर्याएको स्थानीय युवा बिधान रानाभाटले दमौली आनलाइन लाई जानकारी दिए l उनका अनुसार विशेष गरि माथिल्लो गुणादीमा बढि क्षेति पुर्याएको बताए l
बिशेष गरि असारको महिना किसानहरुको माना रोपेर मुरी उब्जाउने महिना हो तर अविरल वर्ष संगै बाढी तथा प्राकृतिक बिपत्तिले फेरी यस पटक पनि निराशा बनाएको छ भने किसानहरुमा निराशाता छाएको छ l किसानहरुको खेतमा रोपाई सकिसकेको थियो तर एक्कासी खोलामा आएको बाढीले रोपिसकेको धान सबै बगाएर लागे पछि उनिहरु निकै मर्कामा पारेको समेत उनले बताए l
यस्तै बाढीकै कारण खोला छेउ छेउका घरहरुमा समेत जोखिम वढेकोको छ भने मनिसहरु डरले सुरक्षित स्थानमा स्थानतरण भएका छन् l
पृथ्वी राजमार्ग जालमग्न अवस्थामा
अविरल वर्षकै कारण पृथ्वी राजमार्गमा समेत सवारीसाधान आवतजावतमा निकै कठिन भएको छ l राजमार्ग अन्तर्गत पर्ने सानोतिनो खोला खोल्सीवाट आएको बढीले राजमार्ग जालमग्न भएको हो l
म्याग्दे गाउँपालिकाको जामुने, धयारे,थर्पु तथा अकला क्षेत्रमा बढीले आवतजावतमा कठिन भएको राजमार्गमा सवारीसाधान आवतजावतको लागि भने अहिले डोजर मार्फत खोलाले बगाएर ल्याएको हाटउने कार्य भैरहेको समेत जानकारी दिए l
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?