तनहुँ-१ मा स्वतन्त्रबाट पृथ्वीनारायणले उम्मेदवारी दिने

दमौली : मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ-१ को सङ्घीय सांसदका लागि दमौली निवासी  वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले स्वतन्त्रबाट सङ्घीय सांसदको उम्मेदवारी घोषणा गरेका हुन् ।

सबै पार्टीका नेताहरुको जिवनस्तर अचम्मै रहेको बताउदै उनले  हिजो जुनसुकै पार्टीमा आस्था राखेको भएपनि सबै पार्टी विरुद्धको उमेदवारी हो रहेको जोड दिए ।

व्यास ३ निमचोक निवासी मुर्तिकार श्रेष्ठले भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध, प्रतिपक्षविहिन संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न गैरदलीय स्वतन्त्र उम्मेदवारको रुपमा जनताका बीचमा जाने अवस्था आएको जनाएको छ ।

पुराना पार्टी र ति पार्टीका नेतादेखि दिक्क भएका तनहुँबासीले मत दिने विश्वास रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?