दमौली : फोटोग्राफर एसोसियसन तनहुँका संस्थापक सचिव एवं मौलाकाली सप्लायर्स दमौलीका संचालक विष्णु पराजुलीले स्वर्गीय बुबा–आमाको सम्झनामा एक लाख रुपैयाँको शालिकराम शिव फोटो एवार्ड अक्षयकोष स्थापना गरेका छन ।
युवा व्यवसायी एवं समाजसेवी पराजुलीले स्वर्गीय पिता शालिकराम र माता शिव पराजुलीको स्मृतिमा शालिकराम शिव फोटो एवार्ड अक्षयकोष स्थापना गरिएको जानकारी दिए ।
शनिवार फोटोग्राफर एसोसियसन तनहुँको ११ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको अवसरमा सो राशीको अक्षयकोष स्थापना गरेका हुन ।
अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट प्रत्येक दुई/दुई वर्षमा राम्रो फोटो खिच्ने जिल्लाको उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ पराजुलीले बताए ।
पत्रकारहरुलाई थप हौसला प्रदान गर्न र फोटोको माध्यमबाट जनमानसहरुलाई सुसुचित गर्न उक्त पुरस्कारको अक्षयकोष स्थापना गरिएको जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?