सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ ।
आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको हो ।
त्यसैगरी कार्यदलले सदस्यता नविकरणका लागि कार्यदल गठनको निर्णयसमेत गरेको छ । सबै निर्णय अनुमोदनका लागि लगिने प्रवक्ता ज्ञवालीले बताएका छन् ।
यस्तो छ १० बुँदे सहमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?