दमौली : संविधान दिवस चितवन तनहुँमा पनि विशेष रुपमा मनाइने भएको छ । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।
सोमवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले संविधान दिवस आगामी असोज २,३ र ४ गते तीन दिनसम्म भव्यका साथ मनाउन सर्वपक्षीय निर्णय भएको हो ।
जिल्ला स्थित सबै सरकारी,सार्वजनिक कार्यालय एवं सामुदायिक संघसंस्थाहरुले राष्ट्रिय झण्डा एवं व्यानर सजाई आ आफ्नो कार्यलय र परिसरमा सरसफाई गर्ने निर्णय गरेको छ ।
तीनै दिन जिल्लाका सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु र सार्वजनिक महत्वका स्थलहरुमा दीप प्रज्वलन गर्ने,तथा जिल्लावासी आमनागरिकहरुका घर घरमा साँझ दिपावली गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी अनुरोध गर्ने निर्णय गरेको छ ।
असोज ३ गतेका दिन संविधानको महत्वका बिषयमा सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रसारण गर्न जिल्ला स्थित स्थानीय एवं राष्टिय संञ्चार माध्यमहरुलाई अनुरोध गर्ने ।
जिल्ला स्थित मठ मन्दिर बुद्ध बिहार मस्जिल,गुरुद्धार चर्चा लगायत धार्मिक स्थानहरुमा पुजारी धर्मगुरुबाट नित्य धार्मिक,अनुदान संकल्प गर्दा राष्ट राष्टियता,स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीहरुको आत्माको चीरशान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पुजपाठ गरी प्रार्थनाको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने भएको छ ।
संविधान दिवसका सन्दर्भमा संघ,प्रदेश र स्थानीय पालिका एवं सरकारी,गैरसरकारी तथा सामुदायिक संद्दसंस्थाहरुबाट आयोजना तथा संचालन हुने रचनात्मक,सिर्जनात्मक,सन्देशमूल तथा जनचेतनामूलक कार्यक्रम आ आफ्नो क्षेत्रबाट आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको छ ।
संविधान दिवसको उपलक्ष्यमा असोज ३ गते बिहान अनसन चौतारीमा भेला भई संविधानको महत्व,आवश्यकता एवं त्यसको कार्यन्वयनको समिक्षा झल्कने प्लेकार्ड सहित जिल्ला स्थित सबै सरकारी कार्यालय,राजनैतिक दल,संचारमाध्यमहरु एवं अन्य सरोकारवालाहरुको उपस्थितिमा दमौली बजार परिक्रम एवंम प्रभातफेरी कार्यक्रम गर्ने निर्णय गरेको छ ।
असोज ३ गते आ आफ्नो पालिकामा रहेका अस्पताल,बृद्धाश्रम,अशक्त असहाय सहायता केन्द्र लगायतका स्थानहरुमा फलफूल वितरण कार्यक्रम आयोजना संम्बन्धित पालिकालाई अनुरोध गर्ने लगायतका निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?