
दमौली : सञ्चारकर्मीहरु पछिल्लो समय राजनीतिक यात्रामा लाग्ने क्रम बढेको छ । यस क्रममा चितवनको रत्ननगर नगरपालिका–१३ घर भई हाल दमौलीमा बस्ने युवा सञ्चारकर्मी बिनोद सेन्चुरी पनि राजनीतिक यात्रामा अघि बढेको छ ।
सञ्चारकर्मी सेन्चुरी पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई राजनीतिमा लागेका हुन् । भ्रष्ट्राचार, सूशासन रहित समाजको परिकल्पनाका साथ राजनीतिमा होमिएको सेन्चुरीले बताए ।
लामो समय सञ्चारकर्मी रहेका सेन्चुरी सो पार्टीको चितवनको क्षेत्र नम्बर २ बाट समानुपातिका उम्मेदवार बन्नको लागि निवेदन दिएका छन् । पत्रकार रवि लामिछानेले आफ्नो प्राण हत्केलामा राखेर जनतालाई सूसूचित गरेर विशेषगरेर भ्रष्ट्राचार ढिलासुस्तीको भण्डाफोर गरेकाले र उनलाई माया गर्ने धेरै भएकोले देशैभरीबाट सो पार्टी प्रत्यक्ष तथा समानुपातिक दुवैमा राम्रो मत ल्याउने अपेक्षा सेन्चुरीको छ । समानुपातिकको सूचीमा राखेर पार्टीले न्याय गर्ने विश्वास जागेको सेन्चुरी बताउछन् ।
व्यथिति र भ्रष्टाचारले गुज्रिरहेको मेरो देश र समाजलाई अब परिवर्तन गर्न खाँचो भएको परिवर्तनको लागि राजनीतिमा लागेको सेन्चुरी बताउछन् ।
सेन्चुरी दमौली एफएमको कार्यक्रम प्रस्तोता , राष्ट्रिय दलित पत्रकार मञ्च तनहुँको सल्लाहकार, नेपाल स्वतन्त्र पत्रकार संघ तनहुँकोसचिव समेत हुन् ।
सञ्चार क्षेत्रमा उहाँको योगदान र स्थानीय निकाय क्षेत्रमा उहाँको खबरदारी मुलक कार्यक्रमले धेरैको मन जिप्ने गरेको छ । जुझारु युवा सेन्चुरी समाज परिवर्तनको संवाह राजनीति भएको र नेताहरु गलत हुँदा जनताको समस्याहरु ज्यूँका त्यू भएकोले समाधानको लागि राजनीतिको बाटोअंगालेको सेन्चुरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?