तनहुँमा आजदेखि म्यादी प्रहरी भर्ना सुरु

दमौली :  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँमा आजदेखि आवेदन दिने कार्य शुरु भएको छ । असोज ६ गतेसम्म भर्ना लिन सकिने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आवेदन दिनको लागि आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र,नेपाली नागरिकता र ६ वटा फोटो साथमा ल्याउनुपर्ने प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?