दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा भोलि असोज १ गते दशौँ राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
सो अवसरमा गोरखा, लमजुङ र तनहुँ जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने विद्यालयका विद्यार्थी टोलीहरु बिच विज्ञान हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
क्याम्पस परिसरमा रहेका वनस्पतिहरूको नामाकरण सहितको ट्यागिङ्ग गर्ने कार्यक्रम पनि राखिएको छ ।
सो अवसरमा विज्ञान विषय पढाउने शिक्षकहरुको सहभागितामा विज्ञान शिक्षणका चुनौतिहरु विषयक छलफल कार्यक्रम पनि रहेको छ । उक्त छलफलमा तिनै जिल्लाका शिक्षकहरुको ४० विज्ञान जनाको सहभागिता रहने छ ।
उक्त कार्यक्रमलाई क्याम्पसको विज्ञान तथा प्रविधि विभाग र क्याम्पसमा विज्ञान शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीहरूको साझा एविसि विज्ञान क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रमलाई एडभान्स सरस्वती प्रकाशन र केईसि प्रकाश काठमाण्डौले समेत प्रायोजन गर्ने भएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?