दमाैली : तनहुँको दमौलीमा तेस्रो व्यास युवा कप फुटबल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लवले ९ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
व्यास –३ स्थित विपी वनवाटिका खेलमैदानमा असोज ३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए।
प्रतियोगितामा विजेताले नगद एक लाख ११ हजार एक सय ११ र उपविजेताले ५५ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु पाँच हजार पाँच सय पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
क्लवका अनुसार प्रतियोगिताका लागि ३५ टिमले टिम दर्ता गरिसकेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त लम्जुंग ,गोरखा लगायतका ठाउँबाट क्लवहरुले दर्ता गराइसकेको जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि ३५ उपसमिति र सल्लाहकार समिति गठन गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?