दमौलीमा यसरी मनाइयो संविधान दिवस

दमौली : संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

दिवसको अवसरमा दमौलीमा प्रभातफेरी आयोजना गरिएको थियो  ।

प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सुरक्षा निकायका प्रमुख एवं कर्मचारीको सहभागिता थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?