लौरो अभियानबाट तनहुँ-२ मा पराजुलीको उम्मेदवारी घोषणा

दमौली : स्वतन्त्रहरुको लौरो अभियानबाट तनहुँ-२ को  प्रतिनिधिसभा सदस्य लागि दमौली निवासी बिष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। बुधवार दमौलीमा पत्रकार सम्मेलन गर्दै पराजुलीले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने पुष्टी भएको उनले दावी गरे ।

राजनीतिमा व्याप्त अवसरवादका विरुद्ध र राष्ट्रघात, वैदेशिक हस्तक्षेप, परनिर्भरता, भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध, प्रतिपक्षविहिन संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न गैरदलीय स्वतन्त्र उम्मेदवारको रुपमा जनताका बीचमा जाने घोषणा गरेको उनले बताए ।

काठमाडौंमा बालेन शाहले एक्लै जितेर स्वतन्त्रले राम्रो गर्न सक्छन् भन्ने पुष्टी गरेकाले स्वतन्त्र युवा उम्मेदवारहरु उत्साहित भएको पराजुलीको दावी छ ।

हाल जनताले परम्परागत विचार र पुराना अनुहार होइन नयाँ विचार र नयाँ अनुहार खोजेको उल्लेख गर्दै आफ्नो व्यक्तित्व, विचार, दृष्टिकोण, कार्यक्रम र लोकप्रियताले चुनाव जित्ने बताए ।

दमौलीमा बसेर व्यवसायी संचालन गर्दै आएका  पराजुली दर्जनौं सामाजिक संस्थामा आवद्द रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?