काठमाडौं : अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्।
उनी भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन्।
उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको परिवार स्रोतले बताए।
अनुसँग उनको मागी विवाह हुन लागेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।
केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनुपर्दछ । पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ ।
पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाहको साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रचलन छ ।
सोही विधि अनुसारनै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।
उनले रंगमञ्चको दुनियाँमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?