
म्याग्दे गाउँपालिक वडा न. ३ पसलेमा शनिबार पसले आधारभूत बिद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ l
म्याग्दे गाउँपालिक वडा न. ३ पसलेमा श्री नव पसले युवा क्लबको आयोजनामा पसले आधारभूत बिद्यालयको परिसरमा सरसफाई गरिएको हो ।
श्री नव पसले युवा क्लबका अध्यक्ष आशिस श्रेष्ठको अध्यक्षतामा आयोजित सरसफाई कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालिक ३ का वडा अध्यक्ष श्री बहादुर थापा रहेका थिए lकार्यक्रममा बोल्दै थापाले देशको शक्ति नै युवा हो, युवाहरुको एस्तो सकारात्मक सोचले विकासमा टेवा पुग्ने र यो एउटा नमुना कार्य भएको हुदा युवा सजाकता अभियानमा पनि ठुलो महत्वपूर्ण रहने बताए l सरसफाईले ठाउँको सफाई त छादैछ मानिसको सोचमा समेत सफा हुने हुनाले यस्ता कार्यक्रमले निरन्तरता पाओस र आगामी दिन हरुमा पनि यस्ता कार्यक्रम होस् तेस्को लागि सहयोग गर्न समेत आफु तयार रहेको बताउदै क्लब प्रति धन्यवाद दिनुका साथै क्लबले गरेको कामको प्रसंसा समेत गरेका थिए l
उक्त कार्यक्रमको अवसर परेर प्रमुख र विशिष्ट अतिथिले क्लबका जर्सी समेत सार्बजनिक गरेको युवा समाजसेवी बिधान रानाभाटले दमौली आनलाइनलाई जानकरी दिए l
कार्यक्रममा वडाका वडा सदस्य सुनिता नेपाली अतिथिहरुमा टोल विकास सस्थाका अध्यक्ष कृष्ण बि.क,खानेपानीका अध्यक्ष दादीराज श्रेष्ठ, लङ्गलि आमा समुहका अध्यक्ष अप्सरा थापा लगाएतले मन्तब्य राखेका थिए l
सरसफाई गर्नुपर्छ र बातावरण सरसफाई राखौं भन्ने चेतना अभिवृद्धि गर्न आयोजना गरिएको कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाइ धन्यवाद दिदै आगामी दिन हरुमा पनि यस्ता कामहरुलाई निरन्तरता दिने क्लबका अध्यक्ष आशिस श्रेष्ठ बताए l
कार्यक्रम संचालन क्लबका सचिब श्रीराम थापाले गरेका थिए भने सह-सचिब मनोज श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए l
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?