तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो ।
काठमाडौं : अभिनेता बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।
अनु स्नातक तहमा अध्ययनरत् छिन् । अनुसँग उनको मागी विवाह हुन लागेको हो।
केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनुपर्दछ । पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ ।
पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाहको साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रचलन छ ।
सोही विधि अनुसारनै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?