
दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि चाहिने म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने भएको छ ।
पूर्व सुरक्षाकर्मी तथा स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई अन्तरवार्ता परीक्षामा मात्र सहभागी गराउने र अन्यलाई स्वास्थ्य परीक्षणमा सहभागी हुने तनहुँ प्रहरीले जनाएको छ ।
असोज ९ गते देखि १२ गतेसम्म स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने भएको छ । उक्त परीक्षाको लागि व्यास नगरपालिका ५ पाटन खेलमैदानमा स्थान तोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्मा जानकारी दिए ।
उक्त परीक्षामा सहभागि हुनका लागि उम्मेद्वारहरुले प्रहरी कार्यालयबाट उपलव्ध गराइएको प्रवेश पत्र र नागरिकता सक्कल साथमा लिइ आउन प्रहरीले सूचित गरेको छ ।
लिखित परीक्ष असोज १४ गते शुक्रबार बिहान १० बजेदेखि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?