दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघले बिजया दशमी, दीपावली, बकरइद र छठ लगायतको अवसरमा उपलक्ष्यमा शनिवार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिकले सुनचाँदी व्यवसायीले संघबाट प्राप्त गर्दै आएको काँचो सुनको कोटा गण्डकी प्रदेशबाट उपलव्ध गराउन पहल भैरहेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहन कुमार बिकले सुनचाँदी व्यवसायीलाई असाध्यै न्यून आपूर्ति हुँदा व्यवसायीहरु मर्कामा पर्ने गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर चार वटै सुरक्षा निकाय परिचालन गरि जिल्लाबासीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न लागेको बताए । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनताको सुरक्षामा प्रहरी सदैब सचेत रहेको बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेज बहादुर बिक,पूर्व जिल्ला अध्यक्ष बाबुराम सुनार,निवर्तमान जिल्ला अध्यक्ष कृष्ण सुनार,सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशका सहकोषाध्यक्ष पुर्ण बहादुर बिक, संघका सल्लाहकार डिल्लीराम सुनार,राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष सानेबहादुर नेपाली लगायतले बोलेको थिए ।
तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक बिकासको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संञ्चालन सचिव पदम सुनारले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?