नेपाली कांग्रेस बिपी बाट तनहुँ-२ मा पराजुलीको उम्मेदवारी

दमौली : नेपाली कांग्रेस बिपी बाट तनहुँ-२ को  प्रतिनिधिसभा सदस्य लागि कांग्रेस बिपीका उपसभापति पुष्पा पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्।

सोमवार दमौलीमा पत्रकार भेटघाट कार्यक्रममा पराजुलीले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेकपा एमाले , नेपाली कांग्रेस र नेकपा माओवादीले देशका लागि केहि गर्न नसकेको बताउदै यि दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने पुष्टी भएको उनले दावी गरे ।

यी तीन दल अवसरवाद, वैदेशिक इशारमा चल्ने, परनिर्भरता, भ्रष्टाचार मात्र गरेको बताउदै  संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न लागि  जनताका बीचमा जाने घोषणा गरेको उनले बताए ।

पराजुलीले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । साथै राष्ट्रिय मुद्दालाई स्पष्टता दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

हाल जनताले समाजका लागि काम गर्ने व्यक्ति खोजेको उल्लेख गर्दै आफ्नो व्यक्तित्व, विचार, दृष्टिकोण, कार्यक्रम र लोकप्रियताले चुनाव जित्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?