पर्यटकीय स्थल ट्रि हाउसमा बृक्षरोपण

तनहुँको सुन्दर पर्यटकीय स्थल म्यग्दे गाउँपालिका वडा न.२  ज्यानटाङ सामुदायिक वनभित्र रहेको ट्रि हाउस अर्थात् हरित पार्कमा फूल लगाएत बिरुवाहरु रोपिएको छ ।

म्याग्दे गाउँपालीका वडा न.२ का महिला वडा सदस्य तारा रानाभाट र  न्यु जागृती आमा समहुको अध्यक्ष सुभद्रा रानाभाटको नेतृत्वमा र सव डिभिजन वन कार्यालय म्याग्देको सहयोगमा आँप, लिची ,कपुर जस्ता विभिन्न खालका ३२० वटा  बिरुवाहरु उक्त पार्कमा रोपिएको हो ।

म्याग्दे गाउँपालीका वडा न.२ का महिला वडा सदस्य तारा रानाभाटले  बृक्षारोपण गर्नु मात्र नभई यस्को संरक्षण गर्नु पर्ने र सबै स्थानीय लाग्नुपर्ने बताइन । न्यु जागृती आमा समहुको अध्यक्ष सुभद्रा रानाभाट, ज्यानटन सामुदायीक बनका अध्यक्ष इश्वर बहादुर रानाभाट र पुर्ब अध्यक्ष पशुपति रानाभाट लगायतले हरितपार्कको संरक्षण समिति गठन गर्न सुझाव दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?