तनहुँको विकासले अब काचुली फेर्नेछ : वरिष्ठ नेता पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाको विकासले अब काचुली फेर्ने  बताएका छन्।  गृहजिल्ला तनहुँको दमौलीमा सोमवार व्यास युवा क्लबद्वारा आयोजित तेस्रो व्यास कपको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् ।

तनहुँमा राष्ट्रियस्तरको परियोजन तयार भइरहेकाले अब तनहुँको विकासले काचुली फेर्नेमा आफु बिश्वास रहेको उनको भनाई रहेको थियो । जिल्लाको धेरै ठाउँमा खेलकुद मैदान बनिसकेको र अब  फुटबल, भलिवल ,किर्केट लगायतको मैदान निर्माण गर्न गइरहेको पौडेलले बताए  ।

“ विकास भनेको बाटो, स्कुल , पानी  मात्र होइन विकास भनेको खेलकुद संस्कृति हाम्रो चौतर्फी परिवर्तन हुनु  विकास हो ”, उनले भने । त्यस्तै जिल्लाका सबै ठाउँमा सडक पुर्याएको र अब सबै ठाउँमा कालोपत्रे पुग्ने समेत पौडेलले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल ,प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी , व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने लगायतले उपस्थित रहेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?